काठमाडौं – नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण फैलिएको छ । एउटै जिल्लामा संक्रमण देखिएको छैन, त्यो हो रसुवा । वाग्मती प्रदेशको यो जिल्लामा थोरै जनसंख्या भएकाले चुस्त व्यवस्थापन गर्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् । जिल्लाभरको जनसंख्या ५० हजारको हाराहारी मात्रै छ। चीनमा संक्रमण फैलिँदा नै रसुवागढी नाका बन्द गरिएको थियो।
गत वर्ष माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित पुष्टि भएका थिए ।
त्यसयता ५ महिनाको यो अवधीमा बितेको २ महिनामा संक्रमित ह्वात्तै बढेका छन् । हिजो (आईतबार) नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
कुल संक्रमितमध्ये ८२० जना महिला छन् भने ८ हजार २ सय ६ जना पुरुष छन् ।
पहिलो कोरोना संक्रमित देखिएको झण्डै पाँच महिनाको अवधिमा कोरोना भाइरसको कारण २३ जनाको मृत्यु भईसकेको छ ।
अहिलेसम्म १ हजार ७ सय ७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो संक्रमण ७६ जिल्लामा फैलिएको छ। तर अहिलेसम्म रसुवा जिल्लामा यो संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयले स्थायी ठेगानाका आधारमा संक्रमितको जिल्लाको जानकारी दिने गरेको छ ।
भारतसँग सिमाना जोडिएका प्रदेश नम्बर २ का सबै ८ जिल्ला सबैभन्दा बढी आक्रान्त भएको छ ।
संक्रमण हिमाली जिल्लासम्मै फैलिएको छ ।
हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा समेत संक्रमित पुष्टि भईसकेका छन् ।
ओखलढुंगाको लिखु गाउँपालिकाको २८ वर्षीय युवामा हिजो (आईतबार) कोरोना संक्रमण पुष्टि भएको हो। यो ओखलढुंगामा पहिलो ‘केस’ हो । उनी एक साताअघि भारतको गोरखपुरबाट जिल्ला प्रवेश गरेका थिए । उनलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना पुष्टि भएपछि आइसोलेसन कक्षमा लगिएको छ । ओखलढुंगामा यो केस देखिएसँगै अब रसुवा जिल्लामा मात्रै संक्रमण देखिएको छैन । आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ ।
गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो ।
यो सँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया