काठमाडौँ, ८ फागुन- एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्दान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको नयाँ पत्रिकामा खबर छ यो सहमतिका आधारमा संयोजन समितिको अर्को बैठकले कार्यदल गठन गर्ने माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए । कार्यदलको गृहकार्यपछि पार्टी एकताको मिति घोषणा गरिने छ |ओली र प्रचण्डबीच एकीकृत पार्टीको संगठनात्मक स्वरुपबारे दुईओटा विकल्पमा केन्द्रीत रहेर छलफल भए पनि सोमबारको बैठकमा भने ठोस छलफल नभएको स्रोतले जनाएको छ दुई अध्यक्षबीच अन्तरिमकालीन केन्द्रीय कमिटी दुई अंकको नबढ्नेगरी, पोलिटब्यूरो र स्थायी समिति बनाउने पहिलो विकल्पमा छलफल भएको छ तर, छरितो केन्द्रीय कमिटी बन्ने सम्भावना कम देखिएकाले एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ४० प्रतिशत थप गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी समिति बनाउने विकल्पमा छलफल चलेको छ तर, यस सम्बन्धमा अन्तिम गृहकार्य अब गठन हुने संगठनात्मक स्वरुप गृहकार्य गर्न गठित कार्यदलले तयार पार्ने स्रोतको दाबी छ ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा मन्त्रालय भागवण्डामासमेत छलफल चले पनि संयोजन समितिको बैठकमा भने यसबारे ठोस छलफल भएन् एक नेताका अनुसार एमालेका तर्फबाट राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा माओवादीका तर्फबाट उपराष्ट्रपति, सभामुख र उपसभामुखमध्ये एक लिनेगरी छलफल चलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया