काठमाडौं । नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ४ सय २ पुगेको छ । बितेको २४ घण्टामा मात्र थप २ सय १६ जना कोरोना उपचारपछि निको भएर घर भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये २ सय ७ जना पुरुष र ९ जना महिला रहेका छन् ।
गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका ४ जना, झापाका १२ जना, मोरङका ९ जना, सुनसरीका १५ जना गरी ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै कोसी अस्पतालबाट झापाका ४ जना, संखुवासभाका २ जना पुरुष, मोरङ २ जना गरी ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ जना पुरुषहरु उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै अल्पमाई नर्सिङ इन्चिच्युड सर्लाहीबाट ३९ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै कोभिड १९ अस्पताल सपइ जनकपुरबाट धनुषाका १ महिला र ३७ पुरुष गरी ३८ जना, धरहरी स्कुल धरहरी रौतहटबाट ३० जना, जलेश्वर अस्पताल महोत्तरीबाट ४ जना पुरुषहरु डिस्चार्ज भएका छन् ।
त्यस्तै साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १३ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ जना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।
नेपालमा आज थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको मन्त्रालयले जनाएको । त्यस्तै हालसम्म कोरोनाको कारण २२ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया