काठमाडौं । शुक्रवार काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पष्टि भएको छ ।
काठमाडौंकी एक महिला कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती महिलाको कोरोना पोजेटिभ आएको हो।
नेपालमा आज थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया