नुवाकोटमा फेरी १ जनामा कोरोना पुष्टि

नुवाकोट । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा तादी गाउँपालिकाको खरानीटारको क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुष रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितलाई खरानीटार अस्पतालको आइसोलेसनमा राखिएको र उनको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमितसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्ट्याक टे्रसिङको काम भइरहेको छ ।

हालसम्म नुवाकोटमा ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनीहरुमध्ये १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ७ जना उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?