काठमाडौं । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।
तारकेश्वर गाउँपालिकास्थित तारुकाको पिमलटार माबि क्वारेन्टाइनमा रहेका ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई त्रिशूली अस्पतालको आइसोलेसनमा ल्याउँने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि नुवाकोटमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन्, भने अन्य ५ जना उपचाररत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया