कर्णाली प्रदेशमा आजै थपिए ५५ कोरोना संक्रमित, ६० जनाले जिते कोरोना

काठमाडौं । कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र काठमाडौंका थप ५५ जनालाई कोरोना संक्रमण देखिएको हो ।

बुधबारसम्म कर्णालीमा जम्मा ७ सय ८ जना कोरोना संक्रमित थिए । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

बिहीबार ९आज० संक्रमण पुष्टि हुनेहरूमा दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका सुर्खेतमा बस्दै आएका १ जना रहेका छन् ।

हालसम्म कर्णालीमा कोरोनालाई जितेर ६० जना घर फर्किसकेका छन् । बिहिवार प्रदेश अस्पताल सुर्खेतबाट ३१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?