काठमाडौं । सरकारले व्यापार व्यवसाय सहज रुपमा सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रीपरिषद् बैठकले सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरेको साथै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।
त्यस्तै स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला हुने भएको छ । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
अन्य किसिमका सेवा क्षेत्रलाई सञ्चालन गर्ने निर्णय गरेपनि सपिङ मल, सिनेमा हल, स्वीमिङ पूल भने सञ्चालन गर्न नपाउने खतिवडाले बताए । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया