कुवेतबाट फर्किएका नेपाली काठमाडौं आईपुगे

काठमाडौं – आममाफी पाएका नेपाली लिएर कुवेत सरकारको जजिरा एअरलाइन्स काठमाडौं आईपुगेको छ ।

कुवेत सरकारले यसअघि नै उनीहरूलाई नेपाल ल्याइदिन प्रस्ताव गरेको भए पनि नेपालमा लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि सरकारले अनुमति दिएको थिएन।

जजिरा एअरलाइन्समार्फत कुवेतमा आममाफी पाएका ३ सय नेपाली महिला नेपाल स्वदेश आएका हुन् ।

कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैधरूपमा बसिरहेका र भिसा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर स्वदेश ल्याईदिएको हो ।

कुवेतले अवैध रुपमा रहँदै आएका झण्डै ३ हजार नेपालीलाई आममाफी दिएको छ। उनीहरुलाई चरणबद्ध रुपमा स्वदेश ल्याउने बुझिएको छ ।

कुवेतमा आममाफी पाएर क्वारेन्टाइनमा बसिरहेका नेपाली कामदारलाई कुवेत सरकारले नै आफ्नै खर्चमा विमान चार्टरमार्फत उनीहरुलाई नेपाल ल्याईदिएको हो ।

प्राप्त जानकारी अनुसार कुवेतबाट फर्किएका नेपालीहरूलाई नेपाली सेनाले विमानस्थलबाट काठमाडौंमा प्रदेशअनुसार तोकिएको होल्डिङ सेन्टरमा लगेर प्रदेश सरकारले तयार गरेको क्वारेन्टाइनलाई जिम्मा लगाउनेछ।

विदेशबाट त्यसरी आएकाहरु कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै आफ्नो घर जान पाउनेछन्।

यसअघि म्यानमार र युएईबाट आएकाहरुलाई पनि प्रदेशअनुसारको होल्डिङ सेन्टरमा राखिएको थियो ।

नेपाल सरकारले विदेशमा रहेको अति अप्ठेरोमा परेका नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया थालिसकेको छ ।

यो पनि पढ्नुहोस् : 

‘कोरोना लाग्दैमा मरिँदैन ! ’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?