विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख १९ हजार २० जनाको मृत्यु भईसकेको छ भने ७४ लाख ५८ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३७ लाख ५१ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ८८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १५ हजार १३० जनाको मृत्यु भईसकेको छ भने २० लाख ६६ हजार ४०१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख ८ हजार ४९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ७ लाख ७५ हजार १८४ जनालाई संक्रमण भएको छ भने ३९ हजार ७९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ लाख ९६ हजार ६९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ३५८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ९३ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ५२ हजार ७८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ३६० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार १२८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार १४० जनालाई संक्रमण भएको छ । त्यहाँ ५१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ११४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३५ हजार ७६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६९ हजार ९३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ३१९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार १३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७१ हजार ८३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८४४ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार ८६६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७० हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १०७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार १५५ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ४० हजार ९७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७३ हजार ३६ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ४६ हजार ८३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९०३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८ हजार ८२३ जनालाई संक्रमण भएको छ । त्यहाँ ९८ हजार ३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७७ हजार ९३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४० हजार ५९० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ९६० जनाको मृत्यु भईसकेको छ भने ९७ हजार १२५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार ६३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १५ हजार ३५७ जनाको मृत्यु भईसकेको छ भने १ लाख २९ हजार १८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७०८ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ८८३ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ९३ हजार ९३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ११ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३६१ जना स्वास्थ्योपचार पछि निको भएका छन्।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ३५६ जनाको मृत्यु भईसकेको छ भने १ लाख १९ हजार ५३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३८ हजार ३९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार ८३४ जना नयाँ संक्रमित थपिएका छन् भने १०० जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६२९ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ५६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ३९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ४२ जनाको मृत्यु भएको छ भने ४८ हजार ८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ४ हजार ७९५ जनाको मृत्यु भईसकेको छ भने ४६ हजार ८१४ जनालाई संक्रमण भएको छ । त्यहाँ २८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा ८८३ जनाको मृत्यु भएको छ भने १२ हजार ४१७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?