काठमाडौं । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका सरकारले तय गरेको छ । सिसीएमसी स्रोतका अनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ। यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुने छन् ।
उद्धार उडानका लागि मन्त्रालयले नेपालबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ। पर्यटन मन्त्रालयले योसँगै केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने निर्णय गरेको छ।
विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन्।
सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन् । त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन् ।
उडान तालिकाः
मिति – उडान हुने ठाउँ
जेठ-२९ कुवेतमा (२ उडान)
जेठ-३२ बंगलादेश
असार-१ माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर र कम्बोडिया, ओमन
असार-२ दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया) र माल्दिभ्स
असार-३ बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका
असार-४ साउदी(रियाद), दुबइ, मलेसिया, ओमन
असार-५ जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया
असार-६ साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन
असार-७ दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया
असार-८ अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार
असार-९ जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा
असार-१० साउदी अरब, कुवेत
असार-११ संयुक्त राज्य अमेरिका, साइप्रसरइजरायल
यस्तो छ भाडादर :

उडानका केहि नियमहरू पनि बनेका छन् । चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ।
नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया