काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव फिर्ता नलिने अडान लिएकी छिन् । उक्त संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी सांसद गिरीले आफ्नो अडानबाट पछि नहटने बताएकी हुन् ।
गिरीले बुधवार नै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएपछि तत्कालीन समाजवादी पार्टीको संसदीय दलले विज्ञप्ति जारी गरी सांसद गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको छ ।
दलले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिए पनि संसदमा आफूमाथि गाली बेइज्जती हुँदा पार्टीले कुनै प्रतिक्रिया नजनाएको भन्दै पार्टी निर्देशनबाट पछि नहड्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया