काठमाडौं- नेपालमा बितेको २४ घण्टामा २ सय ७९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा आज एकैदिन २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज पाइएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको कुल संख्या १५ रहेको छ भने ६७४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । आज मात्रै नेपालमा थप ९० जनाले कोरोनाविरुद्धको युद्ध जितेका छन् ।नेपालमा हिजो (मंगलवार) एकैपटक ३२३ जना संक्रमित थपिएका थिए । यो संक्रमण नेपालका ५ जिल्लामा बाहेक सबैतिर फैलिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार रुकुम पश्चिम , मनाङ, मुस्ताङ, रसुवा, ओखलढुंगामा संक्रमण देखिएको छैन । हिजो ईलाममा पहिलो केस देखिएको हो ।
थपिएका संक्रमित कहाँका हुन् ?
देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षण्मा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जना भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दिया १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सप्तरीका ६ दैलेखका २५ जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाही १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ ।
पछिल्लो समय भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुमा संक्रमण फैलिएसँगै नेपालमा तिव्र गतिमा यो संक्रमण फैलिएको हो ।
खुल्ला सिमाना, परीक्षणको दायरा नबढाईनु, अनुशासित आनीबानी नहुनु, कन्ट्याक ट्रेसिङमा परेकाहरुको ढिलो परीक्षण गरिनु, रिपोर्ट आउँदासम्म उसले संक्रमण फैलाउने संभावना लगायतका कारणले यो संक्रमण पछिल्लो एक महिनादेखी तिव्र गतिमा बढिरहेको छ ।
कति भयो जाँच
बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ ।
क्वारेन्टाईनमा कति छन् ?
अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।
आईसोलेसनमा कति छन् ?
आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।
आज थप ९० जना निको भए
नेपालमा थप ९० जनाले कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ६ सय ७४ पुगेको छ ।
आजमात्रै केशी अस्पतालबाट ६ जनाले कोरोना संक्मण जितेर घर फर्केका छन् । ६ जना मध्ये ५ जना पुरुष र १ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, बलम्बुबाट १ जना महिला कोरोना मुक्त भएर डिस्चार्ज भएकी छन् । साथै जुम्लामा १८ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धरानमा १ जना पुरुषले कोरोना संक्रमण जितेका छन् भने जनकपुरमा थप ३७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
यसैगरी, सिराहमा २० जनाले कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यस्ते दाङमा आज ७ जना पुरुषहरु कोरोना संक्रमण जितेर डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।
कोरोना संक्रमण जितेका कुल ६ सय ७४ जना मध्ये ५ सय ९५ जना पुरुष र ७९ जना महिला रहेका छन् ।
यस्तो छ प्रादेशीक विवरण :

तस्वीर स्रोत : स्वास्थ्य मन्त्रालय
यो पनि पढ्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया