काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकामा पहिलो पटक ४ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा आज गरिएको स्वाब परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले जानकारी दिए।संक्रमित हुनेहरुमा एक महिला र तीजना पुरुष रहेका छन्।
उनिहरु चारै जना भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनका बस्दै आएका थिए।
उनिहरु मध्य एकजना २८ बर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीनजना भारतबाट आएका हुन्।
कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, वगुवा र अश्राङका वासिन्दा रहेका छन्।एक महिला र एक पुरुष अश्राङका,मसेल र वगुवा घर भएका एकरएक जनामा संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकाले जनाएको छ।
संक्रमित अश्राङका पुरुष होम क्वारेन्टाइनमा छन,भने अरु कनकामना आधारभुत विद्यालय मसेल,एकिकृत मिलनवस्ती वगुवा र चण्डेश्वरी प्रावि अश्राङको मास क्वारेन्टाइनमा छन् ।
यो संगै गोरखामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। यसअघि गण्डकी गाउँपालिकाका ९ र पालुङ्टार नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया