प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार ५७३

काठमाडौं-  प्रदेश २ मा आज बुधबार थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोनाले सबैभनदा धेरै प्रभाव पारेको प्रदेश २ मा संक्रमितको संख्या एक हजार ५७३ पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये धनुषामा २२ जना, सप्तरीमा ६ जना, सिरहामा १३ जना, महोत्तरीमा ४४ जना, सर्लाहीमा ४३ जना र रौतहटमा ६८ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

५ जिल्लाबाहेक सबैतिर फैलियो संक्रमण

नेपालमा बितेको २४ घण्टामा २ सय ७९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा आज एकैदिन २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज पाइएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको कुल संख्या १५ रहेको छ भने ६७४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । आज मात्रै नेपालमा थप ९० जनाले कोरोनाविरुद्धको युद्ध जितेका छन् । नेपालमा हिजो (मंगलवार) एकैपटक ३२३ जना संक्रमित थपिएका थिए । यो संक्रमण नेपालका ५ जिल्लामा बाहेक सबैतिर फैलिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार रुकुम पश्चिम , मनाङ, मुस्ताङ, रसुवा, ओखलढुंगामा संक्रमण देखिएको छैन । हिजो ईलाममा पहिलो केस देखिएको हो ।

थपिएका संक्रमित कहाँका हुन् ? 

देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षण्मा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जना भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दिया १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सप्तरीका ६ दैलेखका २५ जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाही १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो समय भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुमा संक्रमण फैलिएसँगै नेपालमा तिव्र गतिमा यो संक्रमण फैलिएको हो ।

खुल्ला सिमाना, परीक्षणको दायरा नबढाईनु, अनुशासित आनीबानी नहुनु, कन्ट्याक ट्रेसिङमा परेकाहरुको ढिलो परीक्षण गरिनु, रिपोर्ट आउँदासम्म उसले संक्रमण फैलाउने संभावना लगायतका कारणले यो संक्रमण पछिल्लो एक महिनादेखी तिव्र गतिमा बढिरहेको छ ।

कति भयो जाँच
बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ ।

क्वारेन्टाईनमा कति छन् ?
अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।

आईसोलेसनमा कति छन् ?
आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

आज थप ९० जना निको भए

नेपालमा थप ९० जनाले कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ६ सय ७४ पुगेको छ ।

आजमात्रै केशी अस्पतालबाट ६ जनाले कोरोना संक्मण जितेर घर फर्केका छन् । ६ जना मध्ये ५ जना पुरुष र १ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, बलम्बुबाट १ जना महिला कोरोना मुक्त भएर डिस्चार्ज भएकी छन् । साथै जुम्लामा १८ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धरानमा १ जना पुरुषले कोरोना संक्रमण जितेका छन् भने जनकपुरमा थप ३७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

यसैगरी, सिराहमा २० जनाले कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यस्ते दाङमा आज ७ जना पुरुषहरु कोरोना संक्रमण जितेर डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना संक्रमण जितेका कुल ६ सय ७४ जना मध्ये ५ सय ९५ जना पुरुष र ७९ जना महिला रहेका छन् ।

धादिङमा एकैदिन थपिए १६ कोरोना संक्रमित

धादिङमा बुधवार एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले टेकु अस्पतालमा गरिएको परीक्षणमा १६ जनाको कोरोना पोजेटिभ आएको जानकारी दिए ।उनका अनुसार संक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

नुवाकोटमा फेरी थपिए १ कोरोना संक्रमित

नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा राष्ट्रिय सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

यससँगै नुवाकोटमा ६ जनामा कोरोना संक्रमण फैलिएको छ । १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५ जना उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?