काठमाडौं । नेपाल तरुण दलले सांसद सरीता गिरीलाई कारबाहीको माग गरेको छ । सांसद गिरीले आफ्नो पदीय मर्यादा विपरीत नेपालको भूमीहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको होईन भनेको विषयमा ध्यानाकर्षण जनाउँदै गल्ती सच्याउनको लागि समेत माग गरेको छ ।
तरुणदल अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, “हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्ति प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको छ ।”
माउ पार्टी नेपाली कांग्रेसले केन्द्रीय समिति मार्फत अतिक्रमित भूमीसहितको नक्सा सार्वजनिक पछिको संविधान संशोधनको विषयमा निर्णय दिइसकेको अवस्थामा सांसदको त्यस्तो अभिव्यक्ति राष्ट्रियता विपरीत रहेको भन्दै आपत्ती जनाएको हो ।
देशको राष्ट्रियतामाथि धावा बोल्ने सांसदलाई सरकारले कुनै कारवाही नगरेकोप्रति तरुण दलले असन्तुष्टि जनाएको छ ।
” केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असहिए भएको छ ।” विज्ञप्तीमा भनिएको छ ।
साथै गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै कारवाहीको माग गरेको तरुण दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया