नेपालका आईसोलेसनमा ३ हजार ६ सय ७५ जना, हालसम्म १५ जनाको मृत्यु

काठमाडौं – जेठ लागेपछि नेपालमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ । मृतकको संख्या पनि थपिईरहेको छ ।पछिल्लो समय भारतबाट आउनेहरुको लागि कम्तिमा १४ दिन राख्न बनाईएको क्वारेनटाईनमा अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना बसिरहेका छन् ।क्वारेन्टाईनको संख्या बढाईँदै छ ।

देशभरका आईसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा २ सय ७९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैदिन २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज पाइएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेको कुल संख्या १५ रहेको छ भने ६७४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज मात्रै नेपालमा थप ९० जनाले कोरोनाविरुद्धको युद्ध जितेका छन् ।

नेपालमा हिजो (मंगलवार) एकैपटक ३२३ जना संक्रमित थपिएका थिए । यो संक्रमण नेपालका ५ जिल्लामा बाहेक सबैतिर फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार रुकुम पश्चिम , मनाङ, मुस्ताङ, रसुवा, ओखलढुंगामा संक्रमण देखिएको छैन । हिजो ईलाममा पहिलो ‘केस’ देखिएको हो ।

नेपालमा थप ९० जनाले कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ६ सय ७४ पुगेको छ ।

धादिङमा बुधवार एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमित कहाँका हुन् ? 

देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षण्मा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जना भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दिया १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सप्तरीका ६ दैलेखका २५ जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाही १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो समय भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुमा संक्रमण फैलिएसँगै नेपालमा तिव्र गतिमा यो संक्रमण फैलिएको हो ।

खुल्ला सिमाना, परीक्षणको दायरा नबढाईनु, अनुशासित आनीबानी नहुनु, कन्ट्याक ट्रेसिङमा परेकाहरुको ढिलो परीक्षण गरिनु, रिपोर्ट आउँदासम्म उसले संक्रमण फैलाउने संभावना लगायतका कारणले यो संक्रमण पछिल्लो एक महिनादेखी तिव्र गतिमा बढिरहेको छ ।

तस्वीर : सांकेतिक/ ईन्टरनेटबाट 

यो पनि पढ्नुहोस्
तीन वर्षदेखि हराएका श्रीमान टिकटकमा भेटिएपछि‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?