काठमाडौं । नेपालमा थप ९० जनाले कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ६ सय ७४ पुगेको छ ।
आजमात्रै केशी अस्पतालबाट ६ जनाले कोरोना संक्मण जितेर घर फर्केका छन् । ६ जना मध्ये ५ जना पुरुष र १ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, बलम्बुबाट १ जना महिला कोरोना मुक्त भएर डिस्चार्ज भएकी छन् । साथै जुम्लामा १८ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धरानमा १ जना पुरुषले कोरोना संक्रमण जितेका छन् भने जनकपुरमा थप ३७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
यसैगरी, सिराहमा २० जनाले कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यस्ते दाङमा आज ७ जना पुरुषहरु कोरोना संक्रमण जितेर डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।
कोरोना संक्रमण जितेका कुल ६ सय ७४ जना मध्ये ५ सय ९५ जना पुरुष र ७९ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा २७९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या ४,३६४ पुग्यो
नेपालमा आज (बुधवार) एकैपटक २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।
उनका अनुसार आज पाइएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा हिजो (मंगलवार) एकैपटक ३२३ जना संक्रमित थपिएका थिए ।
नुवाकोटमा फेरी थपिए १ कोरोना संक्रमित
नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नुवाकोटका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा राष्ट्रिय सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा ६ जनामा कोरोना संक्रमण फैलिएको छ । १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५ जना उपचाररत रहेका छन् ।
नेपालमा आज मात्रै २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म १५ जनाको कोरोनाको कारण ज्यान गएको र ६ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया