काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भनेका कुराहरु डाक्टरको जस्तो भएको एक सांसदले बताएकी छिन् ।
बुधवार संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने क्रममा सांसद महेन्द्रकुमारी लिम्बुले त्यस्तो बताएकी हुन् ।
https://www.facebook.com/lokpath/videos/2597321733817720/?t=47
“आदरणीय प्रधानमन्त्री ज्यू, हजुर त डाक्टर होइन नेतै भएर प्रधानमन्त्री हुनुभएको होला तर यहाँ हजुरको जुन शब्दहरु सुन्दा डाक्टरले भन्ने कुराहरु हामीले पायौँ । १४र१५ जना कोरोनाले मरेको हैन भन्ने हजुरकै शब्दबाट यहाँ आम हामी सबै संसहरुले सुनेका छौ । त्यसले गर्दाखेरी त्यो कोरोना हैन् भने त्यो डाक्टरहरुलाई तुरुन्तै ल्याएर छानबिन गर्नुहुन्छ कि ? ” उनले भनिन् ।
प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नहरुको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया