काठमाडौं – नेपालका ७७ मध्ये ७२ जिल्लामा कोरोना भाईरस कोभिड १९ को महामारी फैलिएको छ । हिजो ईलाम जिल्लामा पहिलो केस देखिएको मन्त्रालयले जनाएको छ ।।
मन्त्रालयले हालसम्म पुष्टि गरेको कुल संक्रमितको संख्या ४ हजार ८५ हो । मृतकको संख्या १५ पुगेको छ। संक्रमण फैलिएको जिल्ला ७२, र सातै प्रदेश प्रभावित छन् ।
७ प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा छन्। प्रदेश २ मा संक्रमितक एक हजार ३ सय ७७ जना संक्रमित भएका छन्। यहाँ संक्रमित मध्ये बारामा एक जनाको मृत्यु भएको छ। 
दोस्रो नम्बरमा छ, प्रदेश ५ । संक्रमितको संख्या एक हजार २५० जना संक्रमित भइसकेका छन्। यस प्रदेशमा मृत्यु हुनेको संख्या पाँच पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश ५ का सबै १२ वटा जिल्लामा संक्रमण पुष्टि भएको छ।
अर्घाखाँची, पाल्पा, गुल्मी र बाँकेका पनि एक एक जनाको मृत्यु भएको छ। प्रदेश ५ मा सबैभन्दा बढी कपिलवस्तुमा संक्रमित छन्। त्यहाँ ५६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तेस्रो नम्बरमा छ, कर्णाली प्रदेश । सबैभन्दा अन्तिममा दैलेखका एक पुरुषमा संक्रमण देखिएपछि संक्रमणको ग्राममा समाहित भएको यो प्रदेशका १० जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये सबैभन्दा बढी दैलेखका छन्। यहाँ ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ सुर्खेत, दैलेख र डोल्पामा एक एक जनाको मृत्यु भएको छ।

चौथो नम्बरमा छ, प्रदेश १ । यहाँ २ सय ६४ पुरुष र १८ महिला गरी २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। हिजो पहिलोपल्ट नयाँ केस देखिएको ईलाममा पनि संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण नदेखिएको ओखलढुंगा जिल्ला बाहेक प्रदेश १ का सबै जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये सबैभन्दा बढी झापा जिल्लामा छन्। झापामा १ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।

पाँचौ नम्बरमा छ, सुदुरपश्चिम प्रदेश यस प्रदेशका सबै जिल्लामा संक्रमण पुष्टि भएको छ। यहाँ १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या २ छ। संक्रमितमध्ये सबै भन्दा बढी कैलालीका ५९ जना रहेका छन्। यस प्रदेशका कैलाली र बाजुराका एक एक जनाको मृत्यु भएको छ।

छैटौँ नम्बरमा गण्डकी प्रदेशमा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशका सात जिल्लामा संक्रमण पुगेको छ। एक जनाको मृत्यु भएको तथ्यांक छ। यस प्रदेशका मनाङ र मुस्ताङमा संक्रमण पुष्टि भएको छैन।

र, सबैभन्दा कम संक्रमित पुष्टि भएको प्रदेश वाग्मती हो। यस प्रदेशमा चार जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना संक्रमणका कारण पहिलो मृतक यसै प्रदेशको सिन्धुपाल्चोक जिल्लाकी सुत्केरी महिला हुन् । हालसम्म संक्रमण पुष्टि नभएका ७७ मध्ये ५ जिल्लामध्ये प्रदेशको रसुवा जिल्लामा पनि हालसम्म संक्रमण पुष्टि भएको छैन। संक्रमितमध्ये चितवन जिल्लामा सबै भन्दा बढी २९ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म चितवन, ललितपुर, सिन्धुपाल्चोक र दोलखाका एक एक जनाको मृत्यु भएको छ।
नेपालमा पहिलोपटक गत वर्ष माघ ९ गते चीनबाट आएका एक यूवामा कोरोना भाईरस कोभिड १९ देखिएको थियो । उनको स्वाब जाँच्नका लागि हङकङ पठाईएको थियो । खुल्ला सिमाना, पूर्ण तयारी नहुनु, आत्मानुशासन नहुनु, आवश्यक जाँच नहुनु, क्वारेन्टाईन उचित व्यवस्थापन नहुनु, केन्द्र सरकार यस महामारीमा गैरजिम्मेवार बन्नु जस्ता कारणले नेपालमा यो संक्रमण तिव्र गतिमा फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया