काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारण मात्र १५ जनाको मृत्यु नभएको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्य रोग लागेकाहरूमा कोरोना भाइरसको संक्रमण देखिएकाले मृत्यु भएको बताएका हुन् ।
ओलीले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरू १५ भए पनि उनीहरूले कोरोनाबाट मात्रै ज्यान नगुमाएको बताए । अन्य रोग लागेकाहरूलाई कोरोना लागेकाले मृत्यु हुन पुगेको उनको दावी रहेको छ ।
भारतबाट आउने नेपालीको संख्या दिनानुदिन बढेकाले नेपालमा कोरोना संक्रमण बढेको प्रधानमन्त्री ओलीले बताउँदै आएका छन् । नेपालमा भएका कोरोना संक्रमित मध्ये ८५ प्रतिशत मानिसहरु भारतबाट आएको प्रधानमन्त्री ओलीले दावी गरेका छन् । ‘मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया