काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ भन्दै प्रश्न गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै पीसीआर मेसिन खरिददेखी भारतबाट आएका नागरिकहरुका बारेमा सरकारले गरेको कामप्रति प्रश्न गरेका छन् । उनले भने, “सरकारले ५ वटा पिसिआर मेसिन किनेको तर पाँच वटै किन चल्दैन ? क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ? जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती ब्यक्ति हुन कि नेपाली नागरिक हुन् ?”
यस्ता छन् गगन थापाले गरेका प्रश्नहरु
–सरकारले ५ वटा पिसिआर मेसिन किनेको तर पाँच वटै किन चल्दैन ?
–क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?
–हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?
–नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्युहरु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ?
–भष्टाचार र स्वास्थ्य सामग्रीको सुची राखेर संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु तयार हुनुहुन्छ प्रधानन्त्री ज्यू ?
–जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती ब्यक्ति हुन कि नेपाली नागरिक हुन् ?
–ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय
–प्रधानमन्त्रीको सरकारलेको काम हो वा हामीले गरिदिनुपर्ने ?
–आज त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नुपथ्र्यो ?
–वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्यूजील्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया