काठमाडौं । बुधवार(आज) मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा लकडठाउनबारे कुरा हुने स्रोतले जनाएको छ ।
यसअघि मंगलवारका लागि बैठक तय गरिएको थियो । तर संसद बैठक लम्बिएका कारण मंगलबार स्थगित भएको थियो ।
आज बस्न लागेको बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तन लगायतमा बारेमा छलफल हुँदैछ ।
कोरोना भाइरस रोकथाम उच्चस्तरीय समिति र कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले लकडाउन खुकुलो बनाउने बारेको छुट्टाछुट्टै रणनीति मन्त्रीपरिषद्मा पेस गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया