प्रतिनिधिसभाको मंगलबारको बैठकमा एक सांसदले नेपालमा चिनियाँ ल्याइएको विषयमा प्रश्न उठाएका छन् ।
नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले उनले सो प्रश्न उठाएका हुन् । उनले सोधे – ‘चीनबाट चिकित्सकसँगै जनमुक्ती सेना ल्याउन लागिएको छ होइन ?’
उनले महामारी नियन्त्रणका नाममा चिनियाँ सेना ल्याउँदा नेपाल रणभूमी बन्नसक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमनत्री हृदयेश त्रिपाठीको ध्यानाकर्षण गराएका थिए । ‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडिएको छ अब तराईका जिल्लामा सेना दौडियो भने हामी रणभूमी बन्नेछौं , मन्त्रीज्युले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ,’ उनले भने ।
जवाफमा मन्त्री त्रिपाठीले सेना ल्याउने विषय अस्विकार गरे । उनले चीनबाट चिकित्सक समेत नल्याउने बताए । नेपाली चिकित्सक र स्वास्थकर्मीप्रति विश्वास भएकाले कहीं कतैबाट चिकित्सक ल्याउन जरुरी नरहेको उनको धारणा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया