जुम्लामा थप १८ जनाले जिते कोरोना, खादा र मालासहित गरियो विदाई

काठमाडौं । मंगलवार जुम्लामा कोरोना जितेर १८ जना घर फर्किएका छन् ।

उनीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा उपचाररत रहेका थिए । मंगलवार कोरोना रिपोर्ट पोजेटिभ आएपछि घर फर्काइएको प्रतिष्ठानले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगाएतका सरोकारवाला निकायहरुले उनीहरुलाई खादा र मालासहित विदाइ गरेका छन् ।

कोरोना जितेर घर फर्किएपनि घरमा अपनाउनुपर्ने सावधानीका लागि अस्पतालका विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै थप ३ सय २३ संक्रमित थपिएका छन् । त्यस्तै कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । भने १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?