काठमाडौं । मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
मंगलवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल हुने स्रोतले जनाएको छ ।
यसअघि गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।
नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको छ ।
लकडाउन जारी गरेको लामो समय भएकाले मोडालिटी परिवर्तन गरि केही खुकुलो बनाउनेबारे छलफल हुनसक्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया