नेपालमा थप २१ जनाले जिते कोरोना, ३ हजार ७६२ जना संक्रमित

काठमाडौं । नेपालमा थप २१ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ४ सय ८८ पुगेको छ । आज संक्रमण निको हुनेमा बाँकेका २० जना रहेका छन् । उनीहरु नरैनापुराका १३ देखि ५२ वर्षिया पुरुष रहेका छन् ।

उनीहरु कोरोना संक्रमण देखिएको १५ देखि २० औं दिनमा कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।  त्यस्तै, काठमाडौंको बल्म्बु अस्पतालबाट १ जना २३ वर्षिया महिला डिस्चार्ज भएकी प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना संक्रमण जितेर घर फर्कने कुल ४ सय ८८ जना मध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा थपिए ३१४ संक्रमित, नेपालमा कुल संख्या ३,७६२ पुग्यो

नेपालमा आज (सोमवार) एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १४ जनाको मृत्यु भईसकेको छ । आज मात्रै नेपालमा थप १ जनाको मृत्यु भएको छ ।

नेपालमा हिजो (आईतवार) एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

नेपालमा थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतक संख्या १४ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोनाको कारण १४ जनाको मृत्यु भएको बताएका हुन् ।

मृत्यु हुनेमा स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं ३ का ५८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सोमवार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?