कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशका थप १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

कणाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको स्वास्थय सेवा महाशाखाले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?