‘सामुदायिक बिध्यालयमा क्वारेन्टाइन, निजीलाई शुल्क उठाउने अनुमती’ !

काठमाडौं । संविधानविद् डा भिमार्जन आचार्यले लकडाउनका बेला शिक्षा क्षेत्रमा सरकारले गरेको काम गराइप्रति असन्तष्टि जनाएका छन् ।

देशभर भएका सामुदायिक बिध्यालयलाई क्वारेन्टाइन बनाइएको र निजी बिध्यालाई शुल्क उठाउने अनुमति दिएको भन्दै आपत्ती जनाएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले निजी बिध्यालयलाई सामुदायिक बिध्यालयको शैक्षिक स्तरोन्नतीको जिम्मेवारी दिएको प्रतिसमेत असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “सामुदायिक विद्यालय संक्रमित बस्ने quarantine नीजि विद्यालयलाई विद्यार्थी भर्ना र शुल्क उठाउने अनुमति; सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती जिम्मेवारी नीजि विद्यालयलाई दिने अर्थमन्त्रीको बजेट; सरकार कम्युनिष्टहरुको; प्रतिपक्ष प्रजातन्त्रवादीको; संविधान समाजवाद उन्मुख। संसद् हिन्दी भाषीको। धन्य मेरो देश, मेरो सरकार! “

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?