काठमाडौं । महोत्तरीको बर्दिवासमा एक जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।
बर्दिवास नगरपालिका १२ निवासी २५ वर्षिय युवकमा आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट आएको पिसिआर परिक्षणको नतिजा अनुसार कोरोना भाईरस पोजेटिभ देखिएको हो ।
उनको जेष्ठ १६ गत्ते स्वाब संकलन गरीएको थियो भारतको अहम्दावादमा कार्यरत उनी गएको जेष्ठ १० गत्ते घर आएका थिए । घर आएकै दिन उनलाई बर्दिवास नगरपालिकाले संचालन गरेको बर्दिवास सेवा समितीको भवनमा रहेको क्वारेनटाईनमा राखिएको थियो ।
युवकमा कोरोना भाईरसको संक्रमण देखिएपछी उनलाई अहिले बर्दिवास नगरपालिका १२ मा रहेको बिद्यालयको आईसोलेसनमा चिकित्सकको निगरानीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया