जनता समाजवादी पार्टीको दल दर्ता, बाबुराम बरिष्ठ नेता !

काठमाडौं – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) निर्वाचन आयोगमा दल दर्ता सम्पन्न भएको छ ।

काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग नेपाल आएर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले जनता समाजवादी पार्टी नेपाल दल दर्ता गरेका हुन् ।

पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराईएको छ ।

पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । भने पार्टीले  बाबुराम भट्टराईलाई बरिष्ठ नेता बनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?