स्वास्थ्य मन्त्रालयको प्रवक्ता फेरिए, कसलाई ल्याइयो ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको हेरफेर भएका छन् ।

हाल रहेका प्रवक्ता डा. विकास देवकोटालाई हटाएर डा जागेश्वर गौतमलाई प्रवक्ताको रुपमा ल्याइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीवार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए।

गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो ।

देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनले आइतबारको पत्रकार सम्मेलनमा आफ्नो जिम्मेवारी हेरफेर भएको जानकारी दिँदै हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?