काठमाडौं । अश्वेत नागरिक जर्ज फ्लोयडलाई पुलिसका अधिकारीले गरेको हत्याको विषयलाई लिएर सारा अमेरिकामा अहिले प्रदर्शन जारी छ ।
पुरा ह्वाईट हाउसलाई प्रदर्शनकारीले घेरेका छन् । अमेरिकी प्रशासनले उनीहरुलाई रोक्नको लागि नेशनल गार्ड तैनाथ गरेका छन् । तर कोहि पनि प्रदर्शन रोक्न भने सफल हुन सकेका छैनन् ।
एक रिपोर्टका अनुसार ह्वाइट हाउसमा मात्र प्रदर्शनकारीलाई रोक्नको लागि अमेरिका १० हजार सेनाको प्रयोग गर्ने सोचमा रहेको थियो । तर सेनाका ज्वाइन्ट चिफ अफ स्टाफका चेयरम्यान जनरल मार्क मिलीले यस प्रस्तावलाई खारेज गरेका छन् ।
सुरक्षालाई लिएर अमेरिकाका १४० भन्दा धेरै ठाउँमा सुरक्षा व्यवस्था कडा गरेको छ । विभिन्न शहरमा आगजनी, तोडफोडका घटनाहरु भईरहेका छन् ।
अहिलेसम्म करिव ५ हजार नेशनल गार्डका जवान अमेरिकाका विभिन्न संवेदनशील स्थानमा तैनाथ रहेका छन् ।
प्रदर्शनकारीले घेरे ह्वाइट हाउस
शनिवार वाशिंगटनमा ह्वाइट हाउसको अगाडि जम्मा भएका प्रदर्शनकारीले सबै ह्वाइट हाउस घेरेका छन् ।
केहि नागरिकहरु अधिकार कार्यकर्ताहरुले सोसल मिडियोको माध्यमबाट १० लाख मानिसलाई आन्दोलनमा बोलाएको दाबी गरेका थिए ।
उनीहरुले ह्वाईट हाउसलाई घेरेर नाराबाजी गरेका थिए । त्यहाँ धेरै संख्यामा नेशनल गार्डका जवानहरु खटिएका थिए ।
प्रमुख नेताहरुबीच भयो भेटघाट
वाशिंगटन डिसीका पुलिस प्रमुख न्यूजह्यमका अनुसार आज (आइतवार) सबैभन्दा ठूलो आन्दोलन हुन सक्ने बताएका छन् ।
अहिले शहरमा प्रवेश गर्ने सबै सडक बन्द गरिएको छ ।
यता अमेरिकी सेनाका ज्वाइन्ट चीफ स्टोफका चेयरम्यान जनरल मार्क मिलीले शनिवार निजी रुपमा संसदका प्रमुख नेताहरुसँग भेटघाट गरेका छन् ।
उनले प्रतिनिधि सभाका स्पीकर न्यान्सी पेलोसीसँग पनि भेटघाट गरेका छन् ।
अश्रु ग्यासको प्रयोग नगरौँ
डेनवरमा संघीय जजले सिटी पुलिसलाई प्रदर्शनकारीमाथि अश्रु ग्यास र प्लाष्टिकका गोली तथा फ्ल्याश ग्रेनेड जस्ता कुराहरुको प्रयोग नगर्न आदेश दिइएको छ ।
जज आर ब्रुक ज्याकसनले आदेश दिँदै शान्तिपूर्ण तरिकाबाट प्रदर्शनकारीलाई शान्त गराउनका लागि अहिले भईरहेको प्रयो हिंसा उग्र बनाउनका लागि हुने कुराहरु भएको र ति सबै हतियार प्रयोग नगर्न आदेश दिएका छन् ।
के हो घटना ?
अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरी अधिकारीले जेलमा घाँटी थिचेर हत्या गरेका थिए । जसका कारण सारा अमेरिकामा अहिले प्रदर्शन भईरहेको छ ।
२५ मेमा पुलिस अधिकारी डेरेक चाउविनले जर्जलाई हिरासितमै करिव ८ मिनेटसम्म घाँटी थिचेर हत्या गरेका थिए ।
यसको भिडियो सोसल मिडियामा भाइरल बनेपछि अमेरिकामा विरोध हुन थालेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया