दक्षिण एशियाली देशमा कोरोना विस्फोट हुनसक्ने भन्दै ‘डब्ल्युएचओ’ले दियो चेतावनी

काठमाडौं । सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । अमेरिका तथा युरोपीयन देशहरुमा कोरोना भयावह स्थिती छ ।

नेपालमा पनि कोरोना भाइरसको प्रकोप बिस्तारै फैलीरहेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दिएको चेतावनीले थप चिन्ता पैदा भएको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण एशियामा कोरोना भाइरस (कोभिड १९) का केस अहिले तीव्र दरले बढीरहेको छ ।

जस कारण जनसंख्या धेरै भएको ठाउँमा कोरोना भाइरसको बिस्फोट हुनसक्ने खतरा रहेको छ ।

डब्ल्युएचओ हेल्थ इमर्जेन्सी प्रोग्रामका एक्जीक्यूटिभ डाइरेक्टर माइकल रयानले शुक्रवार सञ्चारमाध्यमहरुसँग कुरा गर्दै विशेष रुपमा दक्षिण एशियाका देशहरुमा कोरोनाको बिस्फोट हुन बाँकी रहेको बताएका छन् ।

उनले भने, ‘जब यो रो उत्पन्न हुन्छ र समुदायमा असर गर्न थाल्छ तब यो कुनै पनि समयमा तीव्र गतिले फैलिन सक्छ । भारतमा तीन हप्तामा मात्रै झन्डै डेढ लाख संक्रमित थपिएको दृश्यबाट हामीले यो कुराको सहजै अनुमान लगाउन सक्छौँ ।’

अहिलेसम्म दक्षिण एशियामा अत्याधिक प्रभावित देश भारतमा ६ हजार ९४६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४७ हजार ४० जनालाई संक्रमण भएको छ ।

त्यस्तै पाकिस्तानमा २ हजार २ जनाको मृत्यु भएको छ भने ९८ हजार ९४३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बंगलादेशमा ८४६ जनाको मृत्यु भईसकेको छ भने ६३ हजार २६ जनालाई संक्रमण भएको छ । त्यस्तै अफगानिस्तानमा ३५७ जनाको मृत्यु भईसकेको छ भने २० हजार ३४२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेपालमा यो समाचार तयार पार्दासम्म ३ हजार २३५ जनालाई संक्रमण भएको छ भने १३ जनाको मृत्यु भएको छ । त्यस्तै भुटानमा ४८ जनालाई संक्रमण भएको छ भने ११ जना उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?