काठमाडौं – अर्घाखाँचीमा शनिवार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको छत्रदेव गाउँपालिका वडा न ५ छत्रगञ्जको क्वारेन्टाइनमा रहेका ४९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा संक्रमितको संख्या ५ जना पुगेको हो ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार संक्रमित व्यक्ति भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए ।
यसभन्दा अगाडि पाणिनी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका दुई जना र शितगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो भने भूमिकास्थान नगरपालिकाका एक युवकको भारतबाट घर फर्किने क्रममा बसमा निधन भएको थियो ।
उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।
नेपालमा आज (शनिवार) एकैपटक ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया