कपिलवस्तुमा थप ४८ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं । कपिलवस्तुमा थप ४८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५ सय २३ पुगेको छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका ४ वर्ष देखि ४६ सम्मका ३१ पुरुष र वर्ष ६ देखि ५५ सम्मका ६ महिला गरी जम्मा ३७ मा संक्रमणको पुष्टि भएको हो ।

यसैगरी यशोधरा गाउँपालिका वडा नम्बर ७ का बर्ष २५ महिला १ र बर्ष २५ का पुरुष १ मा पनि संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा गरिएको परीक्षणमा उनहिरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?