काठमाडौं । जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । बोरुसिया घरेलु टोलीसँग १–० ले पराजित भएको हो ।
हारसँगै बोरुसिया ५६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्को सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ ।
फ्रेइवर्ग छैटौ स्थानको वल्फ्सवर्गसँग मात्रै एक अंकले पछि छ । फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि मोन्चेनग्लाडवाचले पाएको मौकालाई सदुपयोग गर्न सकेन । दुवै टोलीले पहिलो हाफमा केही सुन्दर मौका खेर फालेका थिए ।
५८औं मिनेटमा निल्स पिटर्सनले भिन्सेन्जो गिफ्रोको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै गोल गर्न सफल भएको हो ।
पिटर्सन ५७औं मिनेटमा रोलान्ड सालाईको स्थानमा मैदान छिरेका थिए ।१ गोलले पछि परेको मोन्चेनग्लाडवाच ६८ औं मिनटमा १० खेलाडीमा समेटियो । एलासेन प्लिया दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलमा मोन्चेनग्लाडवाचको खेलमा फर्कने आशा लगभग सकिएको थियो ।
१० खेलाडीमा समेटिएपनि मोन्चेनग्लाडवाचले लगातार पोस्ट आक्रमण बुनेपनि फ्रेइवर्गका गोलरक्षक याम सोमेरले उच्च प्रदर्शन गरेपछि गोल गर्न नसक्दा स्तब्ध बन्न हुन पुग्यो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया