सांसदलाई ‘भारतीय चेली’ भनेकोप्रति मातृका यादवको आपत्ती

काठमाडौं । पूर्वमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद मातृका प्रसाद यादवले सांसद सरीता गिरीलाई भारतीय चेली भनेकोबारे असन्तुष्टि जनाएका छन् । उनले विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै ‘भारतीय चेली’को संज्ञा दिनु नस्लीय अभिव्यक्ति भएको र मण्डले राष्ट्रवादको पोषण गरेको आरोप लगाएका छन् ।

अन्य देशबाट विवाह गरेर आएपनि पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार रहेको उनले बताए ।

“विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै ूभारतीय चेलीूको संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु हो । वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण अधिकार छ । नेपालको संविधानको मर्म नै त्यही हो ।” उनले भने ।

साथै संकुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको र नेपाल जस्तो सानो मुलुकमा यस संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुने आशंका व्यक्त गरे ।

नेपालले अतिक्रमित भूमीसहितको नक्सा सार्वजनिक गरेको विषयमा सांसद गिरीले दिएको अभिव्यक्तिबारे अर्की सांसदले भारतीय चेलीको संज्ञा दिएकी थिइन् ।

पूर्वमन्त्री यादवले अरुको भेष, भाषा र कला संस्कृतिको सम्मान नगरि राष्ट्रियता बलियो पार्न नसकिने बताए । साथै नेपालको विविधतालाई नारामा मात्र सिमित गर्ने प्रयत्नलाई जडै देखि उखाल्न आवश्यकता रहेको उनको तर्क रहेको छ ।
उनले भने, “नेपालको विविधतालाई नारामा मात्र सिमित गर्ने प्रयत्नलाई जडै देखि उखाल्न आवश्यकता छ । यस्ता अभिव्यक्तिले समाजलाई फुट उन्मुख गर्ने गरेको छ । एक अर्काको भेष-भाषा र कला-संस्कृतिको सम्मान नगरी राष्ट्रीय एकता बलियो पार्न सकिन्न । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?