काठमाडौं । युनाइटेड अरब इमिरेट्स(युएई) मा लकडाउनका कारण अलपत्र परेका १६८ नेपाली नेपाल आइपुगेका छन् ।
शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर अरेबियाको जहाजले उनीहरुलाई ल्याएको हो ।
साथै उक्त जहाजमा एक शव पनि ल्याइएको विमानस्थल कार्यालयले जनाएको छ ।
सरकारले पछिल्लो समय लकडाउनका कारण विश्वका विभिन्न देशमा बिचल्ली परेका नेपालीहरुलाई ल्याउने पहल गरिरहेको छ । शुक्रवार बिहान नै म्यानमार(बर्मा)मा रहेका २६ नेपालीहरु नेपाल उत्रिएका छन् ।
म्यानमार एयर फोर्सको जहाजले पनि २६ जना नेपालीलाई काठमाडौं ल्याइदिएको थियो।
विदेशबाट ल्याइएका उनीहरुलाई नेपाली सेनाले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया