काठमाडौं । लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई पहिलोपटक उद्धार गरिएको छ ।
लकडाउनका कारण बर्मा(म्यानमार) मा अलपत्र परेका २६ नेपाली शुक्रवार बिहान नेपाल आइपुगेका छन् ।
त्यहाँको सरकारले आफनै खर्चमा नेपालीहरुलाई नेपाल ल्याइदिएको हो ।
शुक्रवार बिहान पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ ।
कोरोनाबाट सिर्जित समस्याका कारण विश्वका विभिन्न मुलुकबाट नेपालीहरु नेपाल आउँन चाहिरहेका छन् । शुरुवाती दिनहरुमा विदेशमा अलपत्र परेका नागरिकहरु ल्याउन वेखबर जस्तै बनेको सरकारले बल्ल चासो दिन थालेको छ । यसैक्रममा आज नै युएइबाट नेपालीहरुलाई ल्याउन लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया