काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ८११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको श्रोतले नेपालमा पछिललो विवरण अनुसार थप १३ जनालाई संक्रमण भएको जानकारी बताएको छ ।
आज थपिएका संक्रमितहरु पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका रहेका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो विवरणका अनुसार १३ जना थपिएसँगै नेपालमा आज मात्रै २३९ जना संक्रमित थपिएका छन् ।
पछिल्लो विवरण अनुसार अहिले थपिएका संक्रमितहरु पाल्पाको निस्दी गाउँपालिकाका वर्ष १७ र ३६ का दुई पुरुष, त्यस्तै नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षका एक बालक, त्यस्तै गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षका एक पुरुष, त्यस्तै कपिलवस्तु मायादेवी गाउँपालिकाका वर्ष १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका ७ जना पुरुष रहेका छन् ।
त्यस्तै रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया