संविधान संशोधनको कार्यसूची तय

काठमाडौं । संघीय संसद सचिवालयले आइतबारको बैठकका सम्भावित कार्यसूची तय गरेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै उनले संविधानको दोस्रो संशोधन विधेयक २०७७ पेश गर्नेछिन् ।

यसबाहेक सम्भवित कार्यसूचीमा वार्षिक अनुमानमाथिको छलफल पनि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?