ललितपुरकी युवतीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सह प्रवक्ता डाक्टर विकास देवकोटाले ललितपुरमा आज गरिएको स्वाब परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै ललितपुरमा कुल कोरोना संक्रमितको संख्या २ पुगेको छ । आज ललितपुरमा भेटिएकी कोरोना संक्रमित २३ वर्षीया युवती रहेको मन्त्रालयले बताएको छ ।

यसैबीच नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १,४०१ पुगेको छ ।

कुल संक्रमित मध्ये ६ जनाको मृत्यु भईसकेको छ भने २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?