काठमाडौं । नेपालमा आज थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या २ सय १९ जना पुगेको हो । टेकु अस्पतालबाट बूढानीलकण्ठका ३८ वर्षिय पुरुष र टोखाका ४१ वर्षिय पुरुष डिस्चार्ज भएका छन् । उनीहरु दुबैजना संक्रमण देखिएको ५ औं दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।
त्यस्तै, कोभिड युनिफइाड अस्पताल बलम्बुबाट ९ जना डिस्चार्ज भएका छन् । अछाम जिल्ला भइ बाँकेका ३२ वर्षिय पुरुष १६ औं दिनमा डिस्चार्ज भएका प्रवक्ता देवकोटाले बताए ।
त्यस्तै, रुकुम घर भएका ललितपुरका १ जना २६ वर्षिय पुरुषले पनि कोरोना जितेर घर फर्किएका छन् । उनी पनि डिस्चार्ज कोभिड युृनिफाइड असपताल बलम्बुबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा हाल जम्म २१९ जनाले कोरोना जितेका छन् भने आजै नेपालमा १ सय ८९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा १ हजार ४ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तो छ हालसम्म डिस्चार्ज हुनेको प्रदेशीक विवरण
प्रदेश १ – ३० जना,
प्रदेश २- – १०४ जना,
वाग्मती प्रदेश – २८ जना,
गण्डकी प्रदेश – ३ जना,
प्रदेश ५ – ४८ जना
सुदूरपश्चिम प्रदेश – ६ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया