एकैपटक थपिए १५६ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज (बिहीवार) थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसैबीच नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ भने १८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ५ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।

आज लकडाउनको ६६ दिन, संक्रमित बढेसँगै प्रहरीको कडाई : 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउनको आज ६६ दिन पुगेको छ ।

लकडाउनका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधन र पासबाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । मानिसहरुको आवागमन पनि देखिदैन ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रहरीले सवारी साधन सञ्चालनमा कडाई गरेको छ । अत्यावश्यक सेवा र सवारी पास नलिइ सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् ।

मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री तथा तरकारी किनमेल गर्ने गरेका छन् ।

दुई महिना भन्दा बढी समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर संक्रमणको जोखिम उच्च बन्दै गएका कारण मानिसहरु घर बाहिर निस्किएका छैनन् ।

गत चैत ११ गते देखि जारी रहेको लकडाउनको समय अवधि जेठ २० गते सम्मका लागि तोकिएको छ ।

कोरोना सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च

नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् ।

सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा. नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हँुदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ ।

“त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उनले थपे, “महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ । ”

चिकित्सकको अध्ययनले साउनसम्ममा कोरोना सङ्क्रमण उच्च तहमा पुग्ने अनुमान गरेको छ । महामारीलाई सरकारको नियन्त्रणबाहिर जान नदिन अहिलेदेखि नै उच्च तयारी अपनाउनुपर्ने अवस्था सिर्जना भएको सेनाले जनाएको छ ।

आज प्रदेश नं २ मा मात्रै थपिए ७६ जना कोरोना सङ्क्रमित :

प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीवार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधवारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो ।

गत मङ्गलवारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

पछिल्लोपटक सङ्क्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित रौतहटमा ११२ पुगेका छन् । त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ । भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको हो । प्रदेशमा सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउँछन् ।

प्रदेशमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । बुधवारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब सङ्कलन गरिएको छ । प्रदेशभित्र १० हजार ५८९ को स्वाब सङ्कलन भएको निर्देशनालयले जनाएको छ ।

यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब सङ्कलन अन्य प्रदेशमा भएको जनाइएको छ । प्रदेशका आठै जिल्लाका क्वारेन्टाइन केन्द्रमा आज पनि स्वाब सङ्कलन गरिँदैछ ।

स्वाब परीक्षण गरिएकामध्ये आज बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ । प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले जानकारी दिए।

प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टाइन केन्द्र बनाइएका छन् । सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टाइन केन्द्र थपिएका हुन् । यसअघि १८१ केन्द्र सञ्चालित थिए ।

अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ श्यया छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टाइनमा चार हजार ९०३ रहेका उनले बताए ।

त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन शैया तयार छन् । अहिले १८९ जना शङ्कास्पद आइसोलेसनमा छन् ।

प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन् । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण सघन हुनसकेको छैन ।

यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टाइन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ ।

निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

कोरोनाबाट थप एक भूपू गोरखाको मृत्यु 

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलवार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए।हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ ।

 

नेपालमा एकाविहानै ८० जनामा कोरोना पुष्टि, संक्रमित ९८१ पुगे

नेपालमा आज (बिहीवार) एकैपटकमा ८० जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८१ पुगेको हो ।

आज भेटिएका कोरोना संक्रमितहरु स्याङ्जाको वालिङका २६ र २२ वर्षका पुरुष तथा ३९ वर्षकी महिला गरेर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाका एक १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रदेश नम्बर २ मा एकैपटक ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नम्बर २ का सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, महोत्तरीमा १७ जना, धनुषाका २९ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको श्रोतले बताएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या ९८१ पुगेको छ भने ५ जनाको मृत्यु भईसकेको छ । त्यस्तै १८७ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ? 

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ५७ हजार ४३२ जनाको मृत्यु भईसकेको छ भने ५७ लाख ९० हजार १०३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २४ लाख ९७ हजार ६१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५२ हजार ९७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १ लाख २ हजार १०७ जनाको मृत्यु भईसकेको छ भने १७ लाख ४५ हजार ८०३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ९० हजार १३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८३ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३७ हजार ४६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ६७ हजार २४० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९६८ जनाको मृत्यु भएको छ भने ३ लाख ७० हजार ६८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४२ हजार २०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ७२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३१ हजार १३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४७ हजार १०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०५ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ५९६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ९१३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६६ हजार ५८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५३३ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार ८९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६२ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २५ हजार ६९७ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १४ हजार ६६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६६ हजार ६६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ४३१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५९ हजार ७९७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २२ हजार ७९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५६४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४१ हजार ५९१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ११ हजार १७६ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ५५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा २ जना संक्रमित थपिएका छन्। अहिलेसम्म चीनमा ८२ हजार ९९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ५३४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार ३३३ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ६७ हजार ७४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २४७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ७६५ जनाको मृत्यु भईसकेको छ भने ८७ हजार ५१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४६ हजार १६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ९८३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३५ हजार ९०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार १६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३६४ जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ५९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार ४६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८७१ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार ७६८ जनालाई संक्रमण भएको छ । त्यहाँ १८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै ३ हजार ४६३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४६३ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ७८ हजार २३ जनालाई संक्रमण भएको छ भने ८ हजार ५९७ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ५४ हजार ३८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार २२५ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार १५१ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा १९ हजार १४२ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म ४९५ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ५०० जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ९०५ पुगेको छ भने १८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

आन्तरिक र बाह्य रोजगारी खुम्चियो 

कोरोना संक्रमणबारे जान्नैपर्ने तथ्यहरु

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले आफ्नो सामाजिक सञ्जालबाट यसअघि सेयर गरेकोमहत्वपूर्ण जानकारी यस्तो छ ।

कोरोना संक्रमण कसरी सर्छ < कति खतरनाक छ < मृत्युदर कस्तो छ < हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् < यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु .
.
– अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन . पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन . कोरोना श्वासप्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्युF गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ . तर सबैलाई सर्दैन . नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो .

– अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन . कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे . झिंगाको टोकाइबाट सर्दैन .

– खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ . कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ .

– स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ .

– मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ . त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पूनM प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ .

– संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन . कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ . यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ . अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन .

– कोरोना भाइरस हावाबाट सर्दैन . ६ फिटको दुरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ | हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्युF गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ .

– कमन सौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ . यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ . साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ . त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ .

– चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान – पंखा_ वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ . अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ | तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ . संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन .

– धेरै सुचना लिएर कोरोनाबाट बच्न सकिंदैन . धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ . तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ . टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ . जसले थप तनाब उत्पन्न हुन्छ .

– कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ . त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ .

– एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ . कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो . १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन . एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन . कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ . त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ .

– बालबालिका जोखिम बर्गमा पर्दैनन्त . र उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन .

– कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन . हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ . त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?