नेपालमा एकाविहानै ८० जनामा कोरोना पुष्टि, संक्रमित ९८१ पुगे

काठमाडौं । नेपालमा आज (बिहीवार) एकैपटकमा ८० जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८१ पुगेको हो ।

आज भेटिएका कोरोना संक्रमितहरु स्याङ्जाको वालिङका २६ र २२ वर्षका पुरुष तथा ३९ वर्षकी महिला गरेर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाका एक १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रदेश नम्बर २ मा एकैपटक ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नम्बर २ का सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, महोत्तरीमा १७ जना, धनुषाका २९ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको श्रोतले बताएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या ९८१ पुगेको छ भने ५ जनाको मृत्यु भईसकेको छ । त्यस्तै १८७ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?