काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको सक्रियतामा विभिन्न जिल्लाका अलपत्र नागरिकको उद्धार गरिएको छ ।
केही दिन यता प्रदेश राजधानी वीरेन्द्रनगरमा अलपत्र परेका जुम्ला, कालिकोट र दैलेख लगायतका नागरिकलाई उद्धार गरिएको हो । ती नागरिकहरुलाई मन्त्रीको निर्देशनमा गाडी मार्फत आ आफ्नो जिल्लामा पठाइएको हो ।
जुम्लाका ६ जना,कालिकोटका २३ जना र प्रदेश राजधानी सुर्खेत कै वीरेन्द्रनगर नगरपालिका विभिन्न वडाका १२ जना र पञ्चपुरी नगरपालिकाका करिब २० जनालाई उद्धार गरि गाडीमा गन्तव्यमा पठाइएको कानुनमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरु सबै भारत लगायत नेपालका अन्य जिल्लाबाट आएका थिए ।
साङ्केतिक तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया