काठमाडौं । नेपालमा आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । भने १ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरुमध्ये ८ जना सप्तरी बोडेबसाइ नगरपालिकाका रहेका छन् । उनीहरु १८ देखि ५६ वर्ष उमेर समुहका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सप्तरीकै बालनबिहुल गाउँपालिकाका २ जना रहेका छन् । उनीहरु १७ वर्षीया महिला र २९ वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै सप्तरीकै सुरुङगा नगरपालिकाका १ २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उनीहरु मध्ये झापा गौरादह नगरपालिका २ जना २६ र ४१ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै झापाकै कचनकवल नगरपालिकाका १५ जना रहेका छन् । उनीहरु १९ देखि ५७ उमेर समुहका सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हेटौँडाको किटजन्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये मकवानपुर हेटौँडाकी १ जना २५ वर्षीया महिला, त्यसैगरी रौतहट गढिमाइ नगरपालिकाका ७ जना रहेका छन् । उनीहरु १७ देखि २९ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।
त्यस्तै पोखराको प्रादेशीक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बागलुङ तमानखोला गाउँपालिकाका ४ जना पुरुषहरु रहेका छन् । उनीहरु २७ वर्षका २ जना र २१ वर्षका २ जना रहेका छन् ।
त्यस्तै बागलुङकै गडीबढिगाड गाउँपालिकाका १९ र २० वर्षीय पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा रुकुम(पूर्व) उथा उत्तरगंगा गाउँपालिकाका ३ जना रहेका छन् । उनीहरु मध्ये १ १५ वर्षीय किशोरी र अन्य २ जना १८ र २३ वर्षका पुरुषहरु रहेका छन् ।
त्यसैगरी दाङ घोरहीका ७ जना रहेका छन् । उनीहरु २४ देखि ४२ वर्ष उमेर समुहका सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै दाङकै लमही नगरपालिकाका ८ जना रहेका छन् । उनीहरु मध्ये १७ देखि ३० वर्ष समुहका ७ जना पुरुष रहेका छन् । भने १ जना महिला रहेकी छिन् ।
त्यस्तैगरी भेरि अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये बाँके डुडुवा नगरपालिकाका २ जना २१ र ३० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
त्यसैगरी बाँके राप्ती सोनारी गाउँपालिकाका ७ जना १९ देखि ४० वर्ष उमेरसमुहका पुरुषहरु रहेका छन् ।
त्यसैगरी बाँकेकै बैजनाथ गाउँपालिकाका ६ जना २४ देखि ४६ वर्ष उमेरसमुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै बाँकेकै खजुरा गाउँपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ३८ जनामा कोरोना पुष्टि भएको छ ।
उनीहरु मध्ये सिरहा सिद्धिचरणका १ जना ४१ वषीय पुरुष रहेका छन् ।
त्यस्तै सिरहा स्थायी ठेगाना भएका सप्तरीमा बस्दै आएका १ जना ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी बारा पचौता नगरपालिकाका ७ जना रहेका छन् । उनीहरु मध्ये १ जना ५२ वर्षीया महिला र २२ देखि ४० वर्ष उमेरसमुहका पुरुषहरु रहेका छन् ।
त्यसैगरी रौतहट घर भएका हाल बारा बस्दै आएका अर्का एक ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी रौतहट गौर नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १ जना ३५ वर्षीय महिला र १८ देखि ३० वर्षका पुरुषहरु रहेका छन् ।
त्यसैगरी रौतहटकै देवाही गोनाइ नगरपालिकाका २ जना २१ र ३५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै रौतहटकै २ जना २७ र ३६ वर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै रौतहटकै श्रीजन्ता सेकेन्डरी स्कुलमा गरिएको परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ५० वर्ष उमेर समुहका रहेका छन् ।
त्यसैगरी रौतहट मदरसाका २ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा १३ र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज भेटिएका सबै संक्रमितहरु क्वारेन्टाइनमा नै रहेका छन् ।
यस्तो छ प्रदेशको विवरण:
प्रदेश १ ७ जिल्ला १०३ संक्रमित
प्रदेश २ ८ जिल्ला ३२४ संक्रमित
वाग्मती प्रदेश ११ जिल्ला ३९ संक्रमित
गण्डकी प्रदेश ४ जिल्ला १३ संक्रमित
प्रदेश ५ मा ९ जिल्ला ३६५ संक्रमित
कर्णाली प्रदेश ३ जिल्ला २५ संक्रमित
सुदूरपश्चिम प्रदेश ५ जिल्ला १७ संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया