थप एक नयाँ जिल्लामा फैलियो कोरोना, नेपालका कुन जिल्लामा कति छन् संक्रमित ? (सूचीसहित)

काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४७ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज (बुधवार) एकैपटक ११४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म १८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४७ जिल्लाहरूको विवरणः

पर्सा ९५
रुपन्देही ४४
उदयपुर ३३
कपिलवस्तु १०९
बाँके १७०
काठमाडौं १८
धादिङ २
कैलाली ८
बारा ४६
धनुषा १३
रौतहट १०७
बागलुङ ८
चितवन ६
झापा ५३
महोत्तरी ५
भक्तपुर ४
बर्दिया ७
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी १५
सर्लाही ३३
नवलपरासी (पूर्व) २
मकवानपुर ४
दाङ २०
काभ्रे १
सिरहा ८
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी ४
खोटाङ १
दैलेख ८
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत १५
नुवाकोट १
अछाम २
अर्घाखाँची २
जुम्ला २
स्याङ्जा २
रुकुम पूर्व ३
जम्मा ८८६

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको आजसम्म ८ सय ८६ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित धमाधम थपिएका छन् ।

नेपालमा आज थपिएका कोरोना संक्रमितहरुको विवरण

धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको क्रममा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

उनीहरुमध्ये ८ जना सप्तरी बोडेबसाइ नगरपालिकाका रहेका छन् । उनीहरु १८ देखि ५६ वर्ष उमेर समुहका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सप्तरीकै बालनबिहुल गाउँपालिकाका २ जना रहेका छन् । उनीहरु १७ वर्षीया महिला र २९ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै सप्तरीकै सुरुङगा नगरपालिकाका १ २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु मध्ये झापा गौरादह नगरपालिका २ जना २६ र ४१ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै झापाकै कचनकवल नगरपालिकाका १५ जना रहेका छन् । उनीहरु १९ देखि ५७ उमेर समुहका सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हेटौँडाको किटजन्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये मकवानपुर हेटौँडाकी १ जना २५ वर्षीया महिला, त्यसैगरी

रौतहट गढिमाइ नगरपालिकाका ७ जना रहेका छन् । उनीहरु १७ देखि २९ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यस्तै पोखराको प्रादेशीक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बागलुङ तमानखोला गाउँपालिकाका ४ जना पुरुषहरु रहेका छन् । उनीहरु २७ वर्षका २ जना र २१ वर्षका २ जना रहेका छन् ।

त्यस्तै बागलुङकै गडीबढिगाड गाउँपालिकाका १९ र २० वर्षीय पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा रुकुम (पूर्व) उथा उत्तरगंगा गाउँपालिकाका ३ जना रहेका छन् । उनीहरु मध्ये १ १५ वर्षीय किशोरी र अन्य २ जना १८ र २३ वर्षका पुरुषहरु रहेका छन् ।

त्यसैगरी दाङ घोरहीका ७ जना रहेका छन् । उनीहरु २४ देखि ४२ वर्ष उमेर समुहका सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै दाङकै लमही नगरपालिकाका ८ जना रहेका छन् । उनीहरु मध्ये १७ देखि ३० वर्ष समुहका ७ जना पुरुष रहेका छन् । भने १ जना महिला रहेकी छिन् ।

त्यस्तैगरी भेरि अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उनीहरु मध्ये बाँके डुडुवा नगरपालिकाका २ जना २१ र ३० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

त्यसैगरी बाँके राप्ती सोनारी गाउँपालिकाका ७ जना १९ देखि ४० वर्ष उमेरसमुहका पुरुषहरु रहेका छन् ।

त्यसैगरी बाँकेकै बैजनाथ गाउँपालिकाका ६ जना २४ देखि ४६ वर्ष उमेरसमुहका पुरुषहरु रहेका छन् ।

त्यस्तै बाँकेकै खजुरा गाउँपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ३८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये सिरहा सिद्धिचरणका १ जना ४१ वषीय पुरुष रहेका छन् ।

त्यस्तै सिरहा स्थायी ठेगाना भएका सप्तरीमा बस्दै आएका १ जना ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी बारा पचौता नगरपालिकाका ७ जना रहेका छन् । उनीहरु मध्ये १ जना ५२ वर्षीया महिला र २२ देखि ४० वर्ष उमेरसमुहका पुरुषहरु रहेका छन् ।

त्यसैगरी रौतहट घर भएका हाल बारा बस्दै आएका अर्का एक ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी रौतहट गौर नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १ जना ३५ वर्षीय महिला र १८ देखि ३० वर्षका पुरुषहरु रहेका छन् ।

त्यसैगरी रौतहटकै देवाही गोनाइ नगरपालिकाका २ जना २१ र ३५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै रौतहटकै २ जना २७ र ३६ वर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै रौतहटकै श्रीजन्ता सेकेन्डरी स्कुलमा गरिएको परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ५० वर्ष उमेर समुहका रहेका छन् ।

त्यसैगरी रौतहट मदरसाका २ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा १३ र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज भेटिएका सबै संक्रमितहरु क्वारेन्टाइनमा नै रहेका छन् ।

यो पनि पढ्नुहोस् : 

लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? डा. रवीन्द्र पाण्डेका यस्ता सुझाव 

भारत-चीन सीमा विवादित क्षेत्र लद्दाखमा चीनले तैनाथ गर्यो ‘फाइटर जेट्स’

सेनालाई युद्धका लागि तयार रहन चीनका राष्ट्रपति शी जिनपिङको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?