लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? डा. रवीन्द्र पाण्डेका यस्ता सुझाव

काठमाडौं – जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपालमा कोरोना संक्रमण हुनुपूर्व नै विभिन्न सूचना, जानकारी, स्वास्थ्यसम्बन्धि टिप्स, समाचार र उत्प्रेरणा दिने किसीमका सन्देश सामाजिक सञ्जालमार्फत् दिइरहेका छन् ।

यसैबीच उनले सामाजिक सञ्जालमार्फत् लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? भन्ने विषयमा महत्वपूर्ण टिप्स दिएका छन् हामीले उनैको समाजिक सञ्जालबाट यो टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।

१. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता

२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता

३.  काम गर्ने ठाउँमा :  साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली

४. व्यक्तिगत अभ्यास :  खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने, आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने र खोक्ने, त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने, कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने, मास्क तथा अनुहारमा हात नलग्ने, सेवाग्राहीसंग दुरी कायम गर्ने, सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी र स्यानिटाइजरको ब्यबस्था गर्ने

५.  भिडभाड :  आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने

६. किनमेल : सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने, घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने,  किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने

७. अस्पताल :  सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने ्र व्यक्तिगत दुरी कायम गर्ने, मास्क र चस्मा लगाउने

८.  सार्वजनिक यातायात : सकभर छोंटो दुरीको लागि बस नचढ्ने,  लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने, सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने र त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने

९. औषधि तथा खाधान्न :  न्युनतम १ महिनाको स्टक राख्ने  प्राथमिक उपचारका साधन र औषधि अलिअलि भएपनि घरमा राख्ने

१०.  मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश र स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १- २ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३. ५ मात्र छ, लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने

११. सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने र नसुन्ने,  असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने, जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने

१२. मितव्ययी  : कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने, अनाबश्यक खर्च नगर्ने, बाहिर खाना र खाजा नखाने, सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने, बच्चालाई गाउँको स्कुलमा पढाउने

१३.  घर फर्केपछि : कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने, अनि अरु परिवारसंग भेट्ने

१४.  घरभित्रको दुरी :  जेष्ठ नागरिक र बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने

१५. अत्यावश्यक तयारी : नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने

१६. आत्मबल : आत्मबल उच्च राख्ने,  आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने,  मनमा डर, त्रास , चिन्ता आदिको पालनपोषण नगर्ने,  उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ

१७. व्यायाम  : सकभर घरभित्र व्यायाम गर्ने,  भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ

१८. खानपिन : ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने, गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने, चुरोट, खैनी, रक्सी सेवन नगर्ने

१९. आत्मनिर्भरता : आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने

२०.  ब्यबसाय परिवर्तन : अबको २/३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर र होम डेलिभरीको पेशा निकै चल्नेछ, तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने आदि

यस्तै डाक्टर पाण्डेले हिजो आईतबार ७ वर्षिय बालकलाई संक्रमणपछि अभिभावकहरु आत्तिएको भन्दै नआत्तिन आग्रह गरेका छन् ।

कोरोना संक्रमणको विश्वब्यापी ट्रेन्ड हेर्दा बालबालिकाको मृत्युदर नगन्य भएको भन्दै डाक्टर पाण्डेले लेखेका छन् :

“नेपालगंजमा ७ बर्षिय बालिकालाई कोरोना संक्रमण देखिएपछि धेरै अभिभावक चिन्तित हुनुभएको छ  । हामीले के बुझ्नु पर्दछ भने कोरोना संक्रमण जुनसुकै उमेरको व्यक्तिलाई सर्न सक्छ ।सरसफाई, पोषिलो खाना तथा समयमा निदान भयो भने बालबालिकालाई संक्रमण हुँदैमा आत्तिनु पर्ने अवस्था छैन ।कोरोना संक्रमणको विश्वब्यापी ट्रेन्ड हेर्ने हो भने बालबालिकाको मृत्युदर नगन्य छ । युनिसेफ तथा WHO ले संक्रमण बालबालिकालाई पनि सर्न सक्ने तर बालबालिका जोखिम बर्गमा नरहेको बताएका छन् ।
जेष्ठ नागरिक, मुटु /फोक्सो / किड्नीका दीर्घबिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, स्टेरोइड सेवन गरिरहेका व्यक्ति तथा इम्युनो डिफिसिएन्सी कन्डिसन भएका व्यक्ति जोखिम बर्गमा पर्दछन् ।
तसर्थ संक्रमण हुनु र जोखिम हुनु फरक कुरा हुन् । आफ्ना बालबालिकालाई पोषिलो खाना खुवाउने, हात धुने लगायतको सरसफाइमा ध्यान दिने, घरभित्रै राख्ने, होम ट्युसन नराख्ने, सकभर घरभित्र पनि जोखिम बर्गसंग भौतिक दुरी बढाउने गर्नु उ
पयुक्त हुन्छ ।”

 

***

लकडाउनबारे मंगलवार बस्ने उच्चस्तरीय समितिले निर्णय गर्ने
सोमवार कोरोना रोकथाम तथा न्यूनीकरणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठकले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ । बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी तयार गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

कोरोना रोनकथाम तथा नियन्त्रणको सुरक्षार्थ सरकारले आगामी बैशाख २५ गतेसम्मका लागि लकडाउन गरेको छ ।

आइतवार(हिजो) मात्र नेपालमा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । जसका कारण जोखिम केहि थपिएको छ । साथै मंगलबार बस्ने उच्चस्तरीय समितिको बैठकले लकडाउनबारे मन्त्रीपरिषद्लाई खाका पठाउने तयारी रहेको विडारीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?